राजनीति
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ ।
संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा पुरानो संसद भवनको पुनःनिर्माण, निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिलगायत विषयमा छलफल हुनेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ ।
बैठक दिउँसो १२ बजे बस्नेछ ।
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१ ०८:०१
प्रतिक्रिया दिनुहोस्