विदेश
तमिलनाडु । विषाक्त रक्सी सेवनबाट भारतको तमिलनाडुमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सो घटना स्थानीय कल्लाकुरुची जिल्लामा भएको जनाइएको छ । मंगलबार राति रक्सी सेवनपछि सो ठाउँका बासिन्दा बिरामी परेका थिए ।
बिरामी भएका करिब ८० जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतकको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । बिरामीलाई अत्यधिक पखाला चलेको जनाइएको छ ।
सो घटनालाई लिएर दुईजना व्यक्ति पक्राउ परेको र थप अनुसन्धान भइरहेको जनाइएको छ । सो घटनालाई लिएर वरिष्ठ प्रहरी अधिकारीलाई पनि निलम्बन गरिएको छ । उनीहरूको लापरबाहीले गर्दा गलत रक्सीको कालोबजारी त्यस क्षेत्रमा भएको अनुमान गरिएको छ । बीबीसी
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्