site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ घरेलु हिंसा भोगेकी गायिका मधु क्षेत्रीको स्वास्थ्य अवस्था ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्रीमान्‌बाटै घरेलु हिंसामा परेकी गायिका मधु क्षेत्रीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । उनी शारीरिक र मानसिक रूपमै निकै कमजोर रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ । 

प्रतिष्ठानले आफ्नो अस्ट्रेलिया शाखामार्फत मधुको जानकारी लिएको छ । “हामीले मधुजीको स्वास्थ्यबारे जानकारी लिइरहेका छौँ । उहाँ शारीरिक र मानसिक रूपमा निकै कमजोर हुनु भएको छ,” प्रतिष्ठानकी अध्यक्ष रीता थापाले बाह्रखरीसँग भनिन्, “प्रतिष्ठानको अस्ट्रेलिया शाखाबाट निसा केसीले अस्पतालमै पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।” 

तुलनात्मक रूपमा भने स्वास्थ्य अवस्थामा केही सुधार भएको उनले जानकारी दिइन् । शारीरिक र मानसिक हिंसाका कारण कमजोर बनेकाले पुरानै अवस्थामा फर्किन केही समय लाग्ने अध्यक्ष थापाको भनाइ छ । “केही समस्या परे तत्काल आवश्यक सहयोग गर्न हामीले अस्ट्रेलिया शाखाका अध्यक्ष विष्णु सापकोटालाई भनेका छौँ,” उनले भनिन्, “अहिले अस्पतालबाट घर फर्किनु भएको छ । तर, अवस्था कमजोर नै छ ।” 

प्रहरीले नै उद्धार गरेर उपचारका लागि लगेकाले कानुनी प्रक्रिया पनि प्रहरीले अगाडि बढाउने बताइएको छ । 

मधुले सामाजिक सञ्जालमार्फत आफू घरेलु हिंसाबाट पीडित भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि अस्ट्रेलिया सरकारले नै उनलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगेको थियो । उनले आफूलाई श्रीमान्‌ले कुटपिट गर्नुका साथै यातना दिने गरेको बताएकी थिइन् । 

तीन वर्ष अगाडि ‘सोचे झैँ जिन्दगी रैनछ’ बोलको गीत चर्चित भएपछि मधुको लोकप्रियता चुलिएको थियो । पहिलो विवाह असफल भएपछि उनी दोस्रो विवाह गरेर गत वर्ष श्रीमान्‌सँगै अस्ट्रेलिया गएकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro