site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस र राप्रपाले बहिस्कार गरेपछि कोसी प्रदेशसभा बैठक स्थगित
फाइल तस्बिर

विराटनगर । प्रमुख विपक्षी कांग्रेस र राप्रपाका सांसदले बहिस्कार गरेपछि कोसी प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले सांसदहरूबाट बजेटअघि पेस गरेका योजना रातो किताबमा नदेखेपछि असन्तुष्टि जनाएको बताए । उनले भने, “माननीयहरूले असन्तुष्ट जनाएको कारण आजको बैठक बहिस्कार गर्नुपर्‍यो ।”

तामाङले यस विषयमा सरकारको ध्यानाकर्षण भएको र छलफलपछि बैठकको विषयमा फेरि निर्णयमा पुग्ने बताए ।
बैठक सुरू भएपछि तामाङ र राप्रपा सांसद सबिना बजगाईंले आ–आफ्नो धारणा राखेर बैठकमा सहभागी हुन नसक्ने भनेपछि स्थगित हुन पुगेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro