site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटले निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूलाई मुख देखाउनै गाह्रो : चित्रबहादुर केसी
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै केसीले अहिलेका युवा विद्यार्थीहरूमा राजनीतिक, राष्ट्रियता र देशप्रति निराशा रहेको बताए । 

सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै उनले विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको बताए । तर, अहिलेका युवामा निराशा बढी रहेको उनको भनाइ छ । 

सांसद केसीले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि मात्रै गर्दाको परिणाम अहिले लाखौँ लाख युवाले देश छाडेर गइरहेको बताए । 

“नेपालका नयाँ युवापिँढी अत्यन्तै निराश छ । सदनमा आएका सासद पनि विद्यार्थीबाट नै आएका हैनौं । विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हाैँ । अहिलेका नयाँ युवाहरूलाई सोध्नुस् । राजनीतिक, राष्ट्रियता र देशप्रति उनीहरू निराश छन्,” उनले भने । 

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए । बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरूले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro