site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमरेशको आक्रोश : काठमाडौंमा मधेसको मान्छे देख्नै नहुने, टाउको फुटाउनुपर्ने ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सांसदले कवाड व्यवसायीको आन्दोलनमा भएको लाठी चार्जप्रति आपत्ति जनाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद डा. अमरेशकुमार सिंहले कवाडी व्यवसायीले मंगलबार बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा लाठी चार्ज भएको बताए । 

उनले दर्जनौँ घाइते भएको भन्दै काठमाडौंमा मधेसको मान्छे देख्नै नसकेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहमाथि आक्रोश पोखे । मधेसले आन्दोलन गर्दा टाउको फुटाउने विभेद किन गरिएको भनि गृहमन्त्रीको प्रश्न गरे । 

Dabur Nepal
NIC Asia

उनले तपाईंको देशमा गरिब बस्नै नहुने भनि प्रधानमन्त्रीलाई प्रश्न पनि सोधे । उनले कवाडी व्यवसायीको आन्दोलनमा गएर आफूहरू उभिने चेतावनी समेत दिए । “कवाडीको आन्दोलनमा हामी साथ छौँ । केही भयो भने मधेसका सम्पूर्ण सांसद त्यही गएर उभिन्छौँ । जसलाई लठी चलाउनुछ, चलाओस् । जसलाई गोली हान्नुछ । हानोस् । हेर्छौँ कि यहाँको प्रहरी प्रशासन कति जातीय विभेदले तरंगित छ,” उनले भने । 

अर्का सांसद प्रभु साहले पनि शान्तिपूर्ण जुलुुसमा लाठी किन प्रहार भयो भनि गृहमन्त्रीलाई प्रश्न गरे । उनले गृहमन्त्रीको जवाफ पनि माग गरे । महानगरपालिकाले कानुन हातमा लिएको आरोप लगाए । “काठमाडौं साझा सहर हो । कसैले निजी भन्ने ठान्यो भने गलत हुन्छ,” उनले भने ।

घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्न माग गरे । कवाडीहरूको जीउ धनको रक्षा गर्न माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro