site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरानो गाडी लगेर ओमोडाको ई–फाइभसँग साट्दा डेढ लाख बोनस
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  विद्युती सवारी (ईभी) ब्रान्ड ओमोडाले नयाँ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी ओमोडा ई–फाइभ विद्युतीय सवारी खरिद गर्दा एक लाख ५० हजार रुपैयाँ बोनस प्राप्त गर्नेछन् ।

योसँगै ओमोडाले प्रत्येक खरिदमा ग्राहकलाई सात किलोवाट चार्जर पनि उपलब्ध हुने जनाएको छ ।

योजना अवधिभर सीमित स्टक रहेको ओमोडा ई–फाइभ खरिदमा चालु आर्थिक वर्षको सडक कर (रोड ट्याक्स)मा पूर्ण छुट मिल्नेछ ।

ग्राहकलाई थप नगद छुट (क्यास डिस्काउन्ट) र प्रत्येक खरिदमा गाडीको कनेक्टिभिटी र कार्यक्षमतालाई बढाउने टी–बक्स निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गाडीको प्रतिमूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम छ ।

ओमोडाको नेपालका निम्ति आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव शारडाले बजारमा ओमोडाको माग बढ्दै जाँदा आफूहरू विभिन्न अफर सार्वजनिक गर्न प्रेरित भएको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro