site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियासँग सम्झौतापछि पुटिन भियतनाम जाने
फाइल तस्बिर : स्पुतनिक/रोयटर्स ।

मस्को । रुसविरोधी पश्चिमा गठबन्धन सक्रिय भएका बेला त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन आजदेखि उत्तर कोरियाको दुईदिने भ्रमणमा निस्कने भएका छन् ।

उनको भ्रमणबारे चर्चा भइरहे पनि पुष्टि भएको थिएन । क्रेमलिनले सोमबार अबेर यो भ्रमणको पुष्टि गरेको छ ।

Dabur Nepal
NIC Asia

दुई दशकपछि उत्तर कोरियामा उनको भ्रमण हुन लागेको हो । उनी यसअघि सन् २००० मा उत्तर कोरिया भ्रमणमा गएका थिए ।

उत्तर कोरिया पनि पश्चिमा शक्तिले पृथक् गरेको रुसजस्तै अर्को देश हो । यो भ्रमणपछि मस्को र प्योङयाङले आपसी सहयोग बढाउने सहमति गर्ने जनाइएको छ ।

उत्तर कोरिया भ्रमणका क्रममा दुवै देशका नेताले नयाँ रणनीतिक साझेदारीका निम्ति हस्ताक्षर गर्ने रुसी अधिकारीले जनाएका छन् । उत्तरपूर्वी एसियामा स्थिरताका निम्ति उक्त साझेदारी महत्त्वपूर्ण हुने ती अधिकारीको भनाइ छ ।

यसले रुस र उत्तर कोरियाबीच सन् १९६१, २००० र २००१ मा भएको सम्झौतालाई प्रतिस्थापित गर्ने जनाइएको छ ।

पुटिन उत्तर कोरियापछि आउँदो बुधबार भियतनामको दुईदिने भ्रमणका निम्ति हनोई जाने समेत क्रेमलिनले जनाएकोे छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro