site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले बंगलादेशबाट पायो १०७ रनको लक्ष्य 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो ।

बंगलादेशका साकिब अल हसने सर्वाधिक १७ रन बनाए । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि साकिबले २२ बलमा दुई चौका प्रहार गरे । महमदुल्लाह र रिसाद हुसैनले समान १३ रन थप्दा लिटोन दास र तक्षिन अहमेदले १२ र १० रन जोडे । यसबाहेक, बंगलादेशका अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

Dabur Nepal

बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालबाट कुल ६ बलर प्रयोग भएका थिए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानले समान दुई विकेट लिए । रोहित र सन्दीपले पहिलो पटक ट्वान्टी–२० विश्वकपमा विकेट लिएका हुन् ।

बंगलादेशका जाकेर अली र तान्जिम हसन साकिबलाई बोल्ड गरेका सन्दीप यो खेलसँगै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट लिने पहिलो बलरसमेत बने । सन्दीपले ५४औँ खेलमा यो कोशेढुंगा पार गरेका हुन् । 

सन्दीप अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा दोस्रो सबैभन्दा छिटो १०० विकेट लिने बलरसमेत बने । उनीभन्दा अघि अफगानिस्तानका राशिद खानल ५३ खेलमा १०० विकेट लिएका थिए ।

विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक प्रतिस्पर्धामा आएका हुन् । यसअघि नेपालले बंगलादेशविरुद्ध पहिलोपटक सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशमै भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । 

जारी प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन बन्दा तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो ।

समूह ‘डी’मा तीन खेलबाट एक अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । 

प्रतियोगिताबाट नेपाल बाहिरिसक्दा बंगलादेश भने जित निकाल्दै सुपर–८ मा प्रवेश गर्ने लक्ष्यमा हुनेमा । प्रतियोगिताको आगामी यात्रा निश्चित गर्न बंगलादेशमाथि जितको दबाब छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro