देश
काठमाडौं । आगामी तीन दिन कोसी र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तल हुने भए पनि बढ्दो हुने अनुमान गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका विभिन्न जिल्ला र आसपास भई बहने नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङगा र आसपास भई बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ । सो क्षेत्रमा रहेका स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ०९:३९
प्रतिक्रिया दिनुहोस्