site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार भताभुंग हुन्छ कि जस्तो देखिन्छ : विप्लव
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्र निर्माणका विषयमा राज्य अल्मलिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आर्थिक दृष्टिकोणका सम्बन्धमा राज्य अल्मलिएको बताएका हुन् ।

सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आउँदो आर्थिक वर्षको बजेटको आलोचना गरिरहेका उनले उल्लेख गरे । ‘नागरिकले बजेटबाट के आशा राख्ने ?’ भन्दै उनले प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले १२ खर्बको राजस्व र १८ खर्ब रुपैयाँको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए । सत्तापक्षका मानिसका कुरा सुन्दा केही समयपछि सरकार भताभुंग हुने हो कि भन्ने देखिएको पनि उनले बताए ।

कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवाद कार्यक्रममा उनले व्यक्त गरेको भनाइ पढ्नोस्–
अर्थतन्त्रको कुरा गर्नेबित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्नेबित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मलिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ, तर राज्य अल्मलिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर, सरकारमै बसिरहेका पार्टीहरू, उनकै नेताहरू, नेताहरू पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरूले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मलिएको छ । हरेक वर्ष तपाईं, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशाभन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ नेपालमा । बजेटमाथि यति ठूलो आक्रमण छ कि अहिले, बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहियात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरू, मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरू हेर्दाखेरि । यतै अल्मलिने वा केही समयपछि यो सरकार पनि भताभुंग हुन्छ कि भनेको जस्तो देखिन्छ, सरकारमै बसेका मान्छेहरूको कुरा गर्दा । हामीले भनेको के हो भने राज्य कम्तीमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरूलाई, पार्टीहरूलाई पनि आर्थिक विषयमा केन्द्रित गरेर छलफल गरिदिए हामी पनि भाग लिन चाहन्थ्यौँ । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय