site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कङ्गारु’मा जितु नेपालको प्रवेश 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशन रहने चलचित्रमा निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो ।

यो चलचित्रमा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ (दीपक मनाङ्गे)को प्रस्तुतिमा तयार हुने चलचित्रको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरूको लानअप बलियो बन्दै गएको छ ।

यसअघि ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्ने बताएका छन् । 

चलचित्रको छायांकन छायांकन अस्ट्रेलियाको सिड्नी, न्युकासल, क्यानबेरालगायत क्षेत्रमा गरिनेछ । चलचित्रमा सीमा गुरुङको कथा रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro