site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका मन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त

पोखरा । गण्डकी प्रदेशसभाका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई माओवादीले कारबाही गरेको छ ।हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गर्दै विश्वासको मत दिएर ह्विप उल्लंघन गरेको आरोप लगाएको छ ।

तर, देवकोटाचाहिँ साझा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी भए पनि आफ्नो दल नेपाल समाजवादी पार्टी रहेको र माओवादीले कारबाही गर्न नपाउने तर्क गरेका थिए । माओवादीले निर्वाचन चिह्न प्रयोग गरेपछि उनी माओवादीकै सांसद भएको दाबी गर्दै आएको छ ।

माओवादीको निर्णयअनुरुप नै सभामुख कृष्णप्रसाद धितालले उनको पद रिक्त भएको सूचना प्रदेशसभामा वाचन गरेका हुन । 

जेठ २८ गते मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा माओवादी र एमालेले विपक्षमा मतदान गर्ने निर्णय गराएका थिए । तर, देवकोटाले पाण्डेलाई मत दिए ।

लगत्तै माओवादी संसदीय दलको बैठकले देवकोटालाई कारबाही प्रक्रियाअगाडि बढाउने बताएको थियो । माओवादीले सुरूमा स्पष्टीकरणदेखि पार्टी केन्द्रीय कमिटीलाई कारबाहीको लागि पत्राचार गर्‍यो । सोहीअनुरुप उनलाई कारबाही गरिएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

माओवादीले उनलाई राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा २८ अनुसार कारबाही गरेको हो । यो धाराकोे उपधारा १ मा, ‘संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले देहायका प्रस्तावमा संघीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ‘ह्वीप’ जारी गर्न सक्नेछ’ भन्ने उल्लेख गरिएको छ । 

त्यसमा सरकारको विश्वास वा अविश्वासको प्रस्तावसम्बन्धी विषयमा ह्वीप उल्लंघन गरेको ठहर माओवादीको छ ।
यही उपधारा अनुसार सांसद देवकोटालाई कारबाही गरिएको र उनको पदमुक्तको सूचना वाचन गर्न माओवादीले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro