site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा नेपाली महिला टिमको दुई स्थान सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयतामा नेपाली महिला टिम दुई स्थानमा सुधारसहित ९८औँ स्थानमा उक्लिएको छ ।

Dabur Nepal
NIC Asia

यसअघि नेपाली टिम वरीयताको १००औँ स्थानमा थियो । नेपाल दक्षिण एसियाली क्षेत्रमा भने दोस्र्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि रहेको भारत एक स्थान खस्किँदै ६७औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औँ स्थानमा यथावत् छ । चौथो स्थानको श्रीलका १५७औँ, पाँचौँ  स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र सातौँ स्थानको भुटान वरीयताको १७३औँ स्थानमा छन् ।

विश्व वरीयतामा भने स्पेन शीर्ष स्थानमा कायमै छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथो स्थानमा जर्मनी र पाँचौँ स्थानमा अमेरिका छन् । स्पेन सन् २०२२ को फिफा महिला विश्वकप च्याम्पियनसमेत हो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro