site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका हुन् । 

भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढीपहिरो, चट्याङले ठूलो क्षति पुर्‍याएको र आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा बढीको नोक्सानी र सयौं नेपालीले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । 

उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए । 

“पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्धस्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस्,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro