विदेश
फ्लोरिडा । भीषण वर्षाका कारण बिहीबार तेस्रो दिन पनि अमेरिकाको दक्षिणी फ्लोरिडा क्षेत्रमा डुबान भएको छ । त्यहाँका मियामीदेखि लाउडरडेलसम्म बुधबारदेखि नै पानी घरभित्र समेत छिरेको थियो ।
दक्षिणी फ्लोरिडामा बस्ने करिब १ दशमलब ७ मिलियन मानिस बाढीबाट प्रभावित भएका छन् । यसरी प्रभावित हुनेमा हियालेह, अभेन्तुरा र डोरललगायत सहर पनि छन् ।
बिहीबार ८ मिलियनभन्दा बढी मानिस बाढीको अलर्टमा छन् । जसमा फोर्ट लाउडरडेल, मियामी, नेपल्सलगायत क्षेत्र पनि छन् । शुक्रबार थप चारदेखि आठ इन्चसम्म व्यापक वर्षा हुने अनुमान गरिएको छ । सीएनएन
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १०:३४
प्रतिक्रिया दिनुहोस्