विदेश
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई पुनः राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । उनले बिहीबार सो नियुक्ति गरेका हुन् ।
प्रधानमन्त्री पदमा मोदी पहिलोपटक सन् २०१४ मा नियुक्त भएपछि लगातार सो पदमा डोभल रहँदै आएका छन् । यसैगरी मोदीले डा. पिके मिश्रलाई प्रधानमन्त्रीको प्रिन्सिपल सेक्रेटरीमा पुनः नियुक्त गरेका छन् ।
डा. मिश्रले प्रधानमन्त्रीको प्रशासनिक मामिला र डोभलले सुरक्षा तथा सैन्य मामिला हेर्ने गर्दै आएकोमा पुनः सोही जिम्मेवारी उनीहरूलाई मिलेको छ । हिन्दुस्तान टाइम्स
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्