site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंक र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका हुन् ।  

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाइकुन्ड जस्ता प्रसिद्ध धार्मिकस्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिमश्रृंखलाहरूको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०३ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्