site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–क्यानडा विवाद : दुवै देशका प्रधानमन्त्री एउटै कार्यक्रममा सहभागी हुँदै

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोबीच जी–७ सम्मेलनमा आमुनेसामुन्ने हुने भएको छ । दुई देशबीच केही महिनाअघिदेखि सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । जी–७ बैठक जुन १३ देखि १५ सम्म इटालीमा हुँदै छ ।

भारत जी–७ को सदस्य नभए पनि पाँचौँपटक आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुँदै छ । क्यानडा र भारतका प्रधानमन्त्रीबीच भेटघाट हुने सम्भावनाका बारेमा भारतीय अधिकारीहरूले क्यानडाले भारतको विरुद्धमा उग्रपन्थीको वकालत गर्ने राजनीतिक मान्यता दिएकोमा आफूहरूको आपत्ति रहेको जनाएका छन् ।

उनीहरूले जी–७ बैठकमा भारतले ग्लोबल साउथको मुद्दालाई जोड दिने बताएका छन् । साथै, रुस–युक्रेन युद्ध अन्त्यका सम्बन्धमा कुरा गर्ने र जी–७ का नेताबीच दुईपक्षीय कुराकानी पनि हुने जनाएका छन् । यस्तै, गाजा समस्या समाधानका सम्बन्धमा पनि कुराकानी हुने जनाइएको छ । 

मोदीले पहिलो दिन जी–७ को आउटरिच सेसनमा पनि भाग लिने जनाइएको छ । उनको जी–७ नेता र आमन्त्रित नेताहरूसँग पनि कुराकानी हुन सक्ने जनाइएको छ । भारतका विदेश सचिव विनय क्वात्राले बुधबार जनाएअनुसार मोदीको कुराकानी इटालीका प्रधानमन्त्री जार्जिया मेलोनीका साथ पनि हुनेछ । दुई देशबीचको वार्ताको एजेन्डाबारेमा कुराकानी भइरहेको जनाइएको छ । 

एक भारतीय मूलका क्यानडेली नागरिकको क्यानडामा नै हत्या भएको विषयलाई लिएर भारत र क्यानडाबीच लामो समयदेखि आरोप प्रत्यारोप चल्दै आइरहेको बेलामा दुई देशका प्रधानमन्त्री अहिले एउटै कार्यक्रममा सहभागी हुन लागेका हुन् । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro