site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ संविधानबाट रवि, बालेन र हर्कहरूको उदय भयो : झक्कु सुवेदी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल उदाएको भन्ने सत्य नभएको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले तथ्यलाई हल्लाले छोपेको जिकिर गरे । पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय नभएर नयाँ संविधानले उनीहरूलाई जन्माएको सुवेदीले टिप्पणी गरे ।

शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको उनले बताए । “...यदि, यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुर्बानीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरूको यहाँ उपस्थिति देखिँदैन थियो,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro