site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरीबन्धु जग्गा विवाद : ओझेलमा परेको कोसीको त्यो बहस 

विराटनगर । २०७८ साउन २१ गते बिहीबार, कोसी प्रदेशसभाको बैठक । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विशेष समय लिँदै प्रदेशसभामा एउटा फरक विषय प्रस्तुत गरे ।

त्यो विषय थियो, केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्बाट २०७८ असार २४ गते भएको झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टा निर्णय ।

आङ्बोले संघीय मन्त्रिपरिषद्ले गरेको ‘एउटा गलत निर्णय’बाट पर्न सक्ने असरबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । 

जतिबेला गिरीबन्धु टी–इस्टेटको जग्गाका विषयमा खासै बहस भएको थिएन ।  जग्गा सट्टापट्टाबारे आङ्बोले सार्वजनिक महत्त्वको विषयका रूपमा विशेष समयमा उठाएका थिए । 

“गिरीबन्धुबारे त्यहीबेला उठाएको हो, तर खासै चासो दिइएन । त्यो गम्भीर विषय थियो,” आङ्बोले बाह्रखरीसँग भने ।

उनले बिचौलियाहरूलाई पोस्न यो असाध्यै ठूलो राष्ट्रघाती कदम भएको ब्याख्या गरे । राज्यको सम्पत्ति सुम्पने षडयन्त्र भएको उनको भनाइ छ । उनको निष्कर्ष थियो, “उक्त जग्गा अपचलन ठूलो राष्ट्रघाती कदम थियो ।” 

भूमिसम्बन्धी ऐन, २०२१ मा हदबन्दीभन्दा माथि रहँदासम्म कम्पनी मातहत रहने र कम्पनी चल्न नसक्ने भए राज्यलाई फिर्ता गर्ने वा जफत हुने कानुनी व्यवस्था छ ।

नेपालमा १६९ कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेका छन् । ओली सरकारले जग्गा सट्टापट्टा गर्ने निर्णय गरेपछि ९४ कम्पनीले भूमि व्यवस्था मन्त्रालयमा जग्गा सट्टाको निवेदन दिएका थिए ।  झापाका अरू चिया कम्पनीमध्ये सबैभन्दा धेरै जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहको समेत हिस्सा रहेको हिमालय टी गार्डेनसँग छ । त्यो कम्पनीसँग ५९५ बिगाहा १२ कठ्ठा १४ धूरको चिया बगान छ ।

गिरीबन्धुको हदबन्दी जग्गा कम्पनी बनाउन नभएर बरु पछि फिर्ता गर्ने सर्तसहित खरिद भएको आङ्बोको भनाइ छ ।

उनले भने, “ज्ञानेन्द्रको पालामा पनि भू–माफियाले चलखेल गरेका थिए । तर, आफू जाने बेला केपी ओली सरकारले ज्ञानेन्द्रको कदम बिर्साउने गरी कौडीको भाउमा बिक्री गर्न खोजेको हो, बिचौलियाको हातमा दिने निर्णय गरेको हो ।”

giribandhu1-1718095183.jpg
 

भूमिसुधार ऐनमै १८औँ संशोधन गरेर पहिला राज्यले जफत गर्ने वा नियन्त्रण गर्ने व्यवस्थालाई सट्टापट्टा वा स्थानान्तरण गर्ने शब्द घुसाएर इतिहासकै डरलाग्दो भ्रष्टाचार भएको उनको तर्क छ ।
 
यस विषयमा राजनीति दल र मजदुरसँग समेत छलफल नभएको र अर्बौँ पैसा नीतिगत भ्रष्टाचार भएको दाबी गर्दै आङ्बोले तीन वर्षअघि प्रदेशसभा बैठकमा भनेका थिए, “आफ्नो प्रदेशमा भएको यति ठूलो सम्पत्तिसम्बन्धी विषयमा सरकार के हेरेर बसेको छ ? या प्रदेश सरकार पनि सामेल छ ?”

प्रदेश सरकारको स्वीकृति बिना यो निर्णय हुनु हुँदैन भन्दै उनले मन्त्रिपरिषद्ले लेखी पठाउनुपर्ने माग सदनबाट गरे । 

“कि त प्रदेश सरकार पनि सहभागी छ भनेर भन्नुपर्‍यो । राज्यले संरक्षण गरेको छ । यसमा हाम्रो घोर आपत्ति छ । ओली सरकारले गरेका गैरकानुनी निर्णय खारेज हुनुपर्छ । राज्यको सम्पत्ति लुट्ने निर्णय खारेज गर्नुपर्छ,” उनले भने ।

झापामा थुप्रै चिया बगान छन् । ती सबै राज्यको सम्पत्ति भएको र भू–माफियाहरूलाई दिन नसकिने भनाइ उनको थियो । उनले भने “प्रदेश सरकारको बुझाइ के हो ? त्यो पनि प्रस्ट हुनुपर्छ ।” 

भूमि प्रदेशको समेत साझा सूचीमा रहेकाले प्रदेशसभामा उठेको त्यो विषयबारे कुनै पनि बैठकमा कोसी प्रदेश सरकारले आफ्नो धारणा राखेन । त्यसबेला एमालेका शेरधन राई मुख्यमन्त्री थिए । ओली नेतृत्वको सरकारले भू–उपयोग ऐन पारित गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ऐन संसद्मा पेस गरेपछि पारित भएको थियो । 

ऐन पारित गराउन झापामा भू–माफियाहरूले समेत ठूलो भूमिका खेलेको टिकाटिप्पणी हुँदै आएको छ । जसरी पनि ऐन पारित गर्न ठूलो रकम समेत संकलन भएको आरोप छ । गिरीबन्धुको जग्गासँग झापाकै अर्को पालिकामा जग्गा सट्टापट्टा गर्ने योजना तयार गरिएको आरोप छ । 

बिर्तामोडनजिकै गिरीबन्धुको जग्गा खरिद गर्न त्यसक्षेत्रका धेरै उद्योगी, व्यापारी र स्थानीयले बैनावापतको रकमसमेत बुझाइसकेको तर उनीहरू खुलेर बाहिर नआएको पाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro