site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्यालय व्यवस्थापन समिति खारेज गरियोस् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विभिन्न मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनि प्रस्ताव प्रस्तुत गरे ।

Dabur Nepal
NIC Asia

उनले विद्यार्थी र शिक्षाको अनुपात नमिलेको, विद्यालयबाट खेलकुद हराएको भन्दै खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरे । विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षाको माफियाकरण भएको उनको बुझाइ छ । उनले शिक्षा गुणस्तरीय बनाउनुपर्ने बताए । अवरोध नगर्न र शिक्षामन्त्रीलाई काम गर्न दिन उनले आग्रह गरे ।

खर्च कटौतीका विषयमा उनले ‘के मान्छे बेच्ने देश बनाउने हो ?’ भन्दै थप प्रश्न गरे । उनले ‘मधेसमा कृषि विश्वविद्यालय खोल्दा पाप लाग्छ ?’ भन्दै प्रश्न गरे । कृषि मन्त्रालयमा अनुदानको माफिया हाबी भएको भन्दै उनले यस्ता कार्य बन्द गरिनुपर्ने बताए ।

“कुनै किसानले कृषिको अनुदान पाउँदैन । अर्थमन्त्रीको मिलेमतोमा कृषि माफियाले अनुदान लाने गरेका छन्,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro