site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिफा विश्वकप छनोट : यमनविरुद्ध खेल्दै नेपाल
फाइल तस्बिर

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार यमनविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो चरणको समूह एचमा रहेको नेपाल हालसम्म जितविहीन छ । यसैकारण मंगलबार नेपाल सुखद् अन्त्यमा रहनेछ । 

साउदी अरेबियाको प्रिन्स मोहम्मेद बिन फाद रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरू हुनेछ । नेपालले यसअघि यही मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाँच खेल खेल्दा पनि अंकविहीन नेपाल तालिकाको पुछारमा छ । नेपालले हालसम्म छनोटको दोस्रो चरणमा १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन । समान खेलबाट चार अंक जोडेको यमन तालिकाको चौथो स्थानमा छ । यमनले समान एक खेलमा जित र बराबरी गर्दा तीन खेलमा हार बेहोरेको छ । 

यसअघि दशरथ रंगशालामा भएको यमनविरुद्धको पहिलो लेगमा नेपाल २–० ले पराजित भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro