site stats
बाह्रखरी :: Baahrakhari
देश
जगदम्बा स्टिलमा विस्फोट हुँदा एकजना घाइते, आगो नियन्त्रणमा

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार, बुधबार राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरी प्रवक्ता पण्डितले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि  एकजना मात्र घाइते भएको जानकारी प्राप्त भएको जनाइएको छ । घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए । उनका अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छभने आगो नियन्त्रण आइसकेको छ । रासस

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २३:५४
प्रतिक्रिया दिनुहोस्