site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेसनल लाइफको 'नेसनल रत्न अवार्ड' कार्यक्रम सम्पन्न

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा 'नेसनल रत्न अवार्ड' कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल वाग्मती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको थियो ।

Dabur Nepal
NIC Asia

समारोहमा नेसनल रत्न विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै सीईओ खत्रीले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको र कम्पनीमा बिमा गर्ने बिमितहरूलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता सञ्जालको महत्त्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै, अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै जान पनि सीईओ खत्रीले बताए ।

उनले नेसनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा वाग्मती प्रदेशका अभिकर्ताहरूबाट सम्मान गरिएको बताए ।

उनले यसभन्दा अगाडि इटहरीमा कोसी र मधेस प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै सम्मान गरिने जानकारी गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro