site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीले असार २ गतेदेखि सशक्त संघर्ष गर्ने

काठमाडौं  । कबाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध 'सशक्त संघर्ष' गर्ने भएको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले महानगरको 'ज्यादती'विरुद्ध आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जनाएको हो ।

कबाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको बताए । उनले काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको बताए ।

आफूहरूको समस्याबारे प्रधानमन्त्रीसहित सबै निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।

उच्च अदालतले कबाड व्यवसायीलाई नहटाउन आदेश दिँदा पनि महानगरले कबाड व्यवसायीको टहरामा डोजर चलाएको उनको आरोप छ ।

कबाड व्यवसायी कृष्ण यादवले काठमाडौं महानगरले श्रमिकहर"को सम्मान नगरेको भन्दै अनावश्यक दुःख दिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro