site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री जोगाउन पार्टी फुटाउनुपर्ने प्रवृत्ति विरोधाभासपूर्ण : भुसाल 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय विरोधाभास रहेको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले यस्तो टिप्पणी गरेका हुन् ।

“एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद्को विघटन । नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो । जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो,” उनले भने, “यो हाम्रो आन्दोनलको विरोधाभास हो ।”

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको बताए ।

“हाम्रो आन्दोलनको असाधारण विरोधाभास हो । पार्टी जोगाउन संसद् हान्नुपर्ने भयो । प्रधानमन्त्री जोगाउन पार्टी हान्नुपर्ने भयो । गुट जोगाउन विधिविधान हान्नुपर्ने भयो । मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने भयो । कम्युनिस्ट पार्टी भाँच्नुपर्ने भयो,” भुसालले भने ।

अब संगठन निर्माणको काम गरिनुपर्नेमा उनले जोड दिए । “समाजवादी संगठन निर्माण गर्नु हो । हाम्रो समाजवादी संगठनको अवस्था के छ ?,” उनले भने, “.यसो हेर्दा ४३–४५ मानिसहरूले कम्युनिस्ट पार्टीलाई भोट हालेका छन् । मुलुकमा समाजवादको, न्यायको जबरजस्ती उपस्थिति छ भनेर देख्छौँ । तर, संगठनले त्यो बोक्न सकेन भने त्यो सधैँ रहँदैन ।”

उनले मूल रूपमा समाजवादी भनिएका कम्युनिस्ट संगठनको लिडरसिप मन्त्री, प्रधानमन्त्री बन्न लागिरहेको बताए । “प्रधानमन्त्री, मन्त्री, मेयर हुन नेतृत्वको मानिस लागिरहेका छन् । दोस्रो तहका राजदूत, ठूलो नियुक्ति लिन लागिरहेका छन् । केन्द्रीय कमिटीमा लागेको ध्यान मन्त्री बन्न हो,” कार्यक्रममा उनले भने, “प्रदेशमा मन्त्री हुने वा मेयर हुने । कार्यकर्ता उपभोक्ता समितिमा बस्ने र सुरक्षित हुने । अहिलेको संगठनले यस्ता मानिस निर्माण गर्दै छ ।”

उनले पदका निम्ति अहिले पार्टीमा गुटबन्दी गर्न सिकाइने गरेको बताए । “कुनै नेताको पक्षमा फेसबुकमा लेखेर पद जोगाउनुपर्ने अवस्था छ कि छैन ?,” उनले प्रश्न गरे ।

पालिका कमिटीको अध्यक्षले समाजवादको कार्यभारबारे बुझेको छ कि छैन भन्ने परीक्षा लिनुपर्ने उनको भनाइ छ । गुटबन्दीका कारण अध्यक्ष, मेयर भएको भए त्यसले कांग्रेस जन्माउने उनको जिकिर छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro