site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राहुल गान्धीलाई विशेष अदालतले दियो जमानत
फाइल तस्बिर

नयाँ दिल्ली । भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई मानहानीविरुद्धको मुद्दामा जमानत मिलेको छ । सोसम्बन्धी मुद्दा भारतीय जनता पार्टी(भाजपा)को स्थानीय इकाइले दर्ता गराएको थियो । 

उनी शुक्रबार बिहान दिल्लीबाट कर्णाटक गएर स्थानीय विशेष अदालतमा उपस्थित भएका थिए । अघिल्लो वर्ष कर्णाटकको विधानसभा निर्वाचनका क्रममा सो राज्यको तत्कालीन भाजपा सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप राहुलले लगाएका थिए । 

Dabur Nepal
NIC Asia

कांग्रेस पार्टीले यस विषयलाई लिएर ठूलो विज्ञापन पत्रपत्रिकामा पनि छपाएको थियो । त्यसपछि कर्णाटकस्थित भाजपा नेतृत्वले राहुल, सिद्धारमैया र डीके शिवकुमारविरुद्ध मानहानीको मुद्दा दर्ता गराएको थियो ।

विशेष अदालतले सो मामिलामा अहिले राज्यका मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारलाई जुन १ तारेखमा जमानत दिइसकेको छ । अहिले कर्णाटकमा कांग्रेसकै सरकार रहेको छ । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro