site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चण्डीगढ विमानस्थलमा सुरक्षाकर्मीले हानिन् कंगना रनौतको गालामा थप्पड

काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा भाजपाबाट नवनिर्वाचित सांसद कंगना रनौतमाथि थप्पड प्रहार भएको छ । उनलाई चण्डीगढ विमानस्थलमा एक सुरक्षाकर्मीले थप्पड हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगना आफैँले एक भिडियोमार्फत आफूलाई विमानस्थलमा सुरक्षा जाँचका क्रममा सीआईएसएफकी एक महिला सुरक्षाकर्मीले थप्पड हानेको बताएकी छन् । ती सुरक्षाकर्मीले आफूलाई गाली पनि गरेको उनको भनाइ छ । तर, आफू सकुशल रहेको उनले बताएकी छन् ।

आफूले ती महिला सुरक्षाकर्मीलाई किन थप्पड हानेको भनेर सोधेको र जवाफमा उनले आफू किसान आन्दोलनको समर्थक भएको बताएको कंगनाको दाबी छ ।

तर, हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै सुरक्षा जाँचका क्रममा उनले ट्रेमा मोबाइल राख्न नमानेपछि घटना घटेको बताएको छ ।

कंगनाले भर्खरै सम्पन्न लोकसभा चुनाव जितेकी छन् । उनी हिमाचल प्रदेशको मन्डीबाट निर्वाचित भएकी हुन् । उनले कांग्रेसका उमेदवार विक्रमादित्य सिंहलाई ७४ हजारभन्दा बढी मतले पराजित गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro