site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा कांग्रेसका सांसद प्रमुख विपक्षीको बेन्चमा

विराटनगर । कोसी प्रदेशसभामा नेपाली कांग्रेसका सांसद प्रमुख विपक्षी दलको बेन्चमा बसेका छन् । सभामुख अम्बरबहादुर बिष्टले कांग्रेस सांसदलाई प्रमुख विपक्षी बेन्चमा बस्न जानकारी गराएका हुन् । 

यसबारे कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले सदनलाई समेत जानकारी गराएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघिका दुई बैठक कांग्रेसले बहिष्कार गरेको थियो । त्यसअघि कांग्रेसका केदार कार्की नेतृत्वको सरकार थियो । 

दल पनि सरकार पक्षको बेन्चमा थियो । तर, एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि सदनमा उपस्थित भएको कांग्रेसलाई सभामुखले प्रमुख विपक्षी बेन्चमा बस्न सूचित गरेका हुन् । 

नेता उद्धव थापाले भने, “हामी नीति तथा कार्यक्रमसम्बन्धी बैठकमा सहभागी भएका छौँ । सरकार गठन विवादसम्बन्धी रिट सर्वोच्च अदालतमा बहसकै क्रममा रहेकाले हामी प्रमुख विपक्षीकै रूपमा बसेका हौं ।” 

थापाले प्रतिनिधिसभामा आफ्नो दलको गतिरोध अन्त्य भइसकेकोले नीति तथा कार्यक्रम र बजेटमा सहभागी हुने निर्णय दलले गरेको पनि जानकारी गराए ।

केदार कार्की नेतृत्वको सरकार नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भइ विश्वासको मत प्राप्त गरेको थियो । तर, एमाले र माओवादी केन्द्रका ५२ सांसदले संकल्प प्रस्ताव पारित गराइ कार्कीलाई विश्वासको मत लिन निर्देशन दिएका थिए । एक महिनाभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सोही धारा बमोजिम एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । यससम्बन्धी मुद्दाको सर्वोच्च अदालतको पूर्ण इजलासमा जेठ २७ गतेका निम्ति पेसी तोकिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro