site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायली राजदूतले आइतबार विपीन जाेशीकाे परिवारलाई भेट्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्‌भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको बताइन् ।

उनले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेकी मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सहयोगका लागि आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढिरहेको विश्वास व्यक्त गरिन् । 

इजरायल सरकारले नेपाली युवा (खासगरी महिला)लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन् । 

सो अवसरमा राजदूत गोडरले विपीन छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै जोशीका परिवारलाई आफू आइतबार भेट्न जाने कार्यक्रम रहेको जानकारी गराए । नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले थप अवसरका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जम्मा केयरगिभरमध्ये ७० प्रतिशत महिला केयरगिभर रहेको जनाउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गरे । रासस 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro