site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविको गुनासो : मेरो त भाग्य नै यस्तै रहेछ, सहकारी ठगको ‘ट्याग’ बोकेर हिँड्नुपरेको छ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ‘ट्याग’ बोकेर हिँड्नुपरेको गुनासो गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले कयौँ पटक सहकारीपीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको गुनासो पोखे । 

गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप खेप्नुपरेको दुःखेसो पोखे । आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गरे । 

"मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकी जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारीपीडितहरूका लागि कयौँ रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ । ठिकै छ मेरो भाग्यसँग लड्दै गरौँला," उनले भने । 

लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro