site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पूर्ण सरोकारवालाहरूसँग छलफल गरी छलफलबाट आएका विषयहरूलाई समावेश गर्नसके नागरिकतासम्बन्धी देखिएका तमाम समस्यालाई समाधान सकिने बताए । 

Argakhachi Cement Island Ad

निकट भविष्यमा नै नागरिकतासम्बन्धी देखिएका समस्याहरूलाई सम्बोधन गरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको उल्लेख गरे । आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानुनी अवस्थामा देखिएका कमीकमजोरीहरू सच्याउन जरुरी रहेको उनको भनाइ छ । 

‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरूलाई समाधान गर्ने कोसिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालासँग छलफल गरेर त्यो छलफलबाट आएका निचोडलाई समावेश गर्नसके नागरिकतासम्बन्धी देखिएका तमाम समस्या समाधान गर्न सकिन्छ । निकट भविष्यमा नै यसमा देखिएका समस्यालाई सम्बोधन गर्नेगरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी हो । यो दायित्व र जिम्मेवारीको बोध गरेर नै हामी जोडिन चाहन्छाँै । 

उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरू धेरै रहेको उल्लेख गरे । नागरिकले नागरिकता प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित गराउनु नहुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्