site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाजपालाई मिलेन एकल बहुमत : सत्ताको चाबी अब नीतीश कुमार र चन्द्रबाबुको हातमा

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत ल्याउन असफल भएको छ । यसले गर्दा तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नका लागि  प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्य दलको समेत समर्थन जरुरी देखिएको छ । अब उनले नीतीश कुमार र चन्द्रबाबु नायडूको समर्थनमा मात्र सरकार बनाउन सक्ने अवस्था उत्पन्न भएको छ । 

प्रधानमन्त्री मोदीले चुनावी प्रचारका क्रममा भाजपा एक्लैले ४०० भन्दा बढी सिट ल्याउने दाबी गरे पनि अहिले मतपरिणाममा २४० सिट मात्र भाजपाले सुरक्षित गर्न सकेको छ ।  २४० सिट कम नभए पनि पहिला दोब्बरको आशा देखाइएकोले यसको तुलनामा यो सिट निकै कम हो ।

Dabur Nepal
NIC Asia

सरकार बनाउनको लागि २७२ सिट चाहिन्छ । यद्यपि, भाजपा गठबन्धनको पक्षमा २९२ सिट आएको छ । विपक्षी इन्डिया गठबन्धनलाई २३४ सिट प्राप्त भएको छ । 

इन्डिया गठबन्धनका सुत्रधार जेडीयू अध्यक्ष तथा बिहारका मुख्यमन्त्री नीतीशकुमार गएको जनवरीदेखि भाजपा समर्थित गठबन्धनमा आएका हुन् । बिहारमा एनडीएसँग मिलेर सरकार बनाउने भनेपछि लोकसभा निर्वाचनमा पनि सोही गठबन्धनबाट चुनाव लडेका हुन् । जेडीयूले आफ्नो अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेर बिहारमा १२ सिट जितेको छ । भाजपालाई पनि १२ सिट नै मिलेको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडूको तेलगू देशम पार्टीले १६ सिट पाएको छ, जसले मोदीविरुद्ध विगतमा मोर्चा खडा गरेको थियो । अहिले भने एनडीए गठबन्धनमा उनी महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन् । सत्ता समीकरणमा अब चन्द्रबाबु नायडू र नीतीश कुमारले किंगमेकरको भूमिका निर्वाह गर्नेछन् ।

भारतका वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, “यो सरकार  नीतीशकुमार र चन्द्रबाबुु नायडूको बैशाखीबिना अब चल्न सक्दैन । नीतीश कुमार मौसम जस्तै बदलिइरन्छन् ।’ बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro