site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कति छ जापानी येनको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
 
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ तोकिएको छ । 

स्वीस फ्रयांक एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२  पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकले थाइ भाट एकको खरिददर चार रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ  र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तय भएको छ । 

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४४ पैसा र बिक्रीदर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ र बिक्रीदर ४४८ रुपैयाँ ९७ पैसा तोकेको छ । 

बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।
 
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०५:५१
प्रतिक्रिया दिनुहोस्