site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सिटामोल’को टिजरमा पारिवारिक उतारचढाव

काठमाडौं । चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको टिजरमा खुसीसँगै परिवारको दुःख र तनाव छ । 

‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने हरफबाट सुरु हुने टिजरले कथावस्तु जानकारी दिने प्रयास गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टिजरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि उनीहरूको जीवनमा आउने उतारचढावको कथा छ । 

राजबहादुर सानेले निर्देशन गरेको चलचित्रमा सौगात र बेनिशासहित लोकेन्द्र लेखक, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, भुगोल कार्की, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेललगायतको अभिनय छ । 

सिनेमाको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता हुन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।

चलचित्र आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउनेछ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०६:२४
प्रतिक्रिया दिनुहोस्