site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चारवटा संसदीय समितिको बैठक बस्दै, कुनको कार्यसूची के छ ?
फाइल तस्बिर : राज्य व्यवस्था तथा सुशासन समिति ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान साढे ८ बजे सुरु हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ । 

बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।  ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०६:११
प्रतिक्रिया दिनुहोस्