site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाजपाले बहुमत नल्याउने देखिएपछि चलखेलमा लाग्यो इन्डिया गठबन्धन 

काठमाडौं । भारतको लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक नतिजाले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नपाउने देखाएको छ । अहिलेसम्मको मतगणनाअनुसार ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाका लगभग २४० उमेदवारले जित्ने देखिएको छ । 

सरकार बनाउन कम्तीमा पनि २७२ सदस्य आवश्यक पर्छ । भाजपालाई अब सरकार बनाउन जनता दल (युनाइटेड)– जेडी (यू) र तेलुगु देसम (टीडीपी) आवश्यक पर्छ । टीडीपीले १६ र जेडी (यू)ले १४ स्थानमा अग्रता लिइरहेको छ । 

Dabur Nepal
NIC Asia

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । निर्वाचनको प्रारम्भिक नतिजाले हालसम्म केन्द्रमा सरकार बनाउन भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ । 

मतगणना भएका स्थानमध्ये एनडीएका २९६ उमेदवार, इन्डिया गठबन्धनका २२९ उमेदवार र अन्यका १८ उमेदवारले अग्रता बनाएका छन् । 

हालसम्मको मतपरिणामले एनडीए गठबन्धनमा रहेका दलहरू मिलेर सहजै केन्द्र सरकार बनाउन सक्छन् । तर, आईएनडीआईए अर्थात् इन्डिया गठबन्धनले २२९ स्थानमा अग्रता लिएपछि एनडीएलाई सरकार बनाउन सहज देखिँदैन । 

एनडीए गठबन्धनमा रहेका दललाई तोड्ने प्रयास इन्डिया गठबन्धनले सुरु गरिसकेको छ । इन्डिया गठबन्धनले चन्द्रबाबू नायडू र नीतीश कुमारलाई एनडीए गठबन्धनबाट फुटाउने चलखेल सुरु भएको छ । 

स्रोतका अनुसार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडूसँग छलफल गरेका छन् । यसको अलवा महाराष्ट्रका प्रभावशाली नेता शरद पवारले नितीश कुमारसँग कुराकानी गरेका छन् । दुवै नेतालाई इन्डिया गठबन्धनमा आउन अनुरोध गरिएको दाबी स्रोतको छ । 

दुवै नेताले के जवाफ दिए भन्ने बाहिर आएको छैन । शरद पवारले छिट्टै मिडियासँग कुराकानी गर्ने जनाएका छन् । उनले मिडियासँग ठूलै घोषणा गर्ने अनुमान गरिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro