site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गिरीबन्धुबारे योगेशको चुनौती– भ्रष्टाचारमा एमालेले अहिलेसम्म अख्तियार धाउनुपरेको छैन

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सचिव समेत रहेका सांसद योगेश भट्टराईले झापाको गिरीबन्धु जग्गा प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् । थापाले गएको आइतबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषयतर्फ लक्षित गर्दै भट्टराईले पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि नियोजित ढंगले प्रचार र आरोप लगाउने षड्यन्त्र भएको बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले ०४६ पछिको कुन काण्ड छानबिन गर्ने भन्दै कांग्रेसलाई प्रश्न गरे । “४६ सालपछि वा अगाडि कुन–कुन बेलाको छानबिन गर्नुपर्ने हो, प्रत्येक छानबिनको लागि एमाले तयार छ । एनसेलको गर्ने हो कि टेरामक्सको गर्ने हो कि ? बाँसबारीको गर्ने हो कि कोहलपुर जग्गाको गर्ने हो कि ? बालमन्दिरको गर्ने हो कि बालुवाटार जग्गाको कहाँ–कहाँ गर्ने ? सबैको छानबिनमा उभिन तयार छ एमाले,” भट्टराईले भने, “नेकपा (एमाले) त्यो पार्टी हो, भ्रष्टाचारीको आरोपमा अदालत र अख्तियारमा जानुपरेको छैन । पार्टीको केन्द्रीय समितिमा दायाँ–बायाँ दाग लागेको व्यक्ति राखेर बैठक गर्नुपरेको छैन ।”

उनले आफूहरू मार्क्सवादी भएको भन्दै नेपालमा बुद्धवादी रहेको बताए । “हामी मार्क्सवादी हौँ, नेपालमा बुद्धवादी हौँ । हामी कसैमाथि हात उठाउन चाहँदैनौँ, गलत ढंगले टिप्पणी गर्दैनौँ,” उनले भने, “जिउँदै मानिसलाई इँटाभट्टामा पोल्ने काम २०० वर्षपछि पनि गर्दैनौँ । हामी कुनै पनि अपराधमा चारतारे झन्डा ओढोस्, हँसियाहतौडाको झन्डा बोकोस्, घण्टी बजाओस्, हलो बोकोस्, त्यो कसैलाई पनि छुट छैन ।”

उनले सबै विषयमा छानबिन गर्न पनि चुनौती दिए । “प्रत्येक छानिबनका लागि आउँछौँ, यी तमाम विषयमा कांग्रेसकै साथीहरू बसेर छानबिन गरौँ,” भट्टराईले भने, “तपाईंहरू बसेर रिपोर्ट लिएर आउनुहोस् संसद्‌मा । सबैको सामना गर्न एमाले तयार छ ।”

गिरीबन्धु टी–इस्टेटको करिब ३४४ बिघा जग्गा सट्टापट्टा तथा बिक्रीको बाटो खुलाउने गरी मन्त्रिपरिषद्‌बाट निर्णय हुँदा ओली प्रधानमन्त्री थिए । उक्त निर्णयअघि नै जग्गा बैनाको विषय सार्वजनिक भएपछि ओलीमाथि भ्रष्टाचारको आरोप लगाइएको छ ।

आइतबारको बैठकमा कांग्रेस सांसद थापाले भ्रष्टाचारमा सत्तारूढ दलहरूको भूमिकाका कस्तो रहन्छ ? भन्दै प्रश्न गरेका थिए । उनले गिरीबन्धु भ्रष्टाचारमा रास्वपा बोल्छ कि बोल्दैन ? सहकरी ठगीमा एमाले बोल्छ कि बोल्दैन ? भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro