site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट कार्यान्वयनमा चुनौती : प्रेम आले

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले राजस्व चुहावट नियन्यत्रण गर्नसके मात्र बजेटले आफ्नो लक्ष्य पूरा गर्न सक्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले यो सन्तुलित र कार्यान्वयन गर्न सकिने बजेट आए पनि कार्यान्वयनमा चुनौती रहेको बताए । 

“बजेट कार्यान्वयन गर्ने भए सरकारले सुशासन कायम गर्नुपर्छ । राजस्व चुहावट नियन्त्रण गर्न सके मात्र बजेटले आफ्नो लक्ष्य पूरा गर्न सक्छ,” उनले भने ।

सांसद आलेले १२ खर्ब बढी राजस्व संकलन गर्ने विषय महत्वकांक्षी भएको टिप्पणी गरे । “११ खर्ब राजस्व पुग्ने देखिन्छ । १२ खर्ब बढी राजस्व उठाउने विषय महत्वकांक्षी  छ,” उनले भने, “तीन अर्ब ऋण आन्तरिक रूपमा सरकारले उठाउने भए निजी क्षेत्रले बैंकबाट ऋण लिन तरलता अभाव हुन सक्छ ।”
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro