site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘कमेडी च्याम्पियन’को टप ६ मा को कस्ता ? सुयशा कसरी गर्छिन् तयारी ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्ट्यान्डअप कमेडी शो ‘कमेडी च्याम्पियन सिजन–३’ ग्रान्ड फिनालेको नजिक पुगेको छ । अमरेन्द्र यादव, सुयशा खनाल, ऋषभ काफ्ले, वीरेन प्रधान, सन्देश सुवेदी र सुनील खड्का उत्कृष्ट ६ मा पुगेका छन् । उनीहरूले टप ५ का निम्ति आफ्नो प्रस्तुति पनि प्रस्तुत गरिसकेका छन् ।

यो राउन्डमा निर्णायकले दिएको विषयमा प्रतिस्पर्धीले कन्टेन तयार पारेर प्रस्तुति दिनुपर्ने थियो । जसअन्तर्गत अमरेन्द्रले मधेसको र्‍यापरको, सुयशाले लजालु मधेसी बुहारीको, ऋषभले मोर्डन एग्रिकल्चरको, वीरेनले पागल प्रेमीको, सन्देशले विदेश जान नचाहने युवा र सुनीलले सुपरस्टर नायकको विषयमा प्रस्तुति दिइसकेका छन् । यी ६ प्रतिस्पर्धीको यही प्रस्तुतिले टप ५ को यात्रा तय गर्नेछ । दर्शकले गर्ने भोट र निर्णायकले दिने खल्ती गोल्डेन भोटका आधारमा को बाहिरिने र अगाडि बढ्ने निर्धारण हुनेछ ।

आउँदो हप्ताको शृंखला क्वार्टरफाइनलको एपिसोड हुनेछ । त्यो मंगलबार (भोलि) छायांकन गरिनेछ । फाइनलमा तीनजनाले प्रतिस्पर्धा गर्नेछन् । ग्रान्ड फिनाले आउँदो असार १४ गते हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

Agni Group
NIC Asia

उनका अनुसार, अहिलेसम्म शोमा रहेका ६ जनाको आ–आफ्नै विशेषता छ । अमरेन्द्रको वर्डप्ले गजबको छ । मधेसी टोनमा मधेसका विषय उनलाई चाख दिएर दर्शकले हेर्नु/सुन्नुको मुख्य कारण हो । सोही कारण उनको आजसम्मको यात्रा तय भएको निर्देशक भण्डारी बताउँछन् ।

सुयशाको डाइलग डेलिभरी र प्रिजेन्टेसन लोभलाग्दो छ । स्क्रिप्टमा लेखिएको एक अक्षर तलमाथि नगरी जस्ताको तस्तै प्रस्तुत गर्न सक्नु उनको अब्बल पक्ष भएको भण्डारीको भनाइ छ ।

Global Ime bank

ऋषभ स्टोरी टेलिङका लागि माहिर छन् । आफूले उठान गर्ने विषयको गहिराइमा पुगेर खोज्नु र अलि भिन्न तरिकाले पेस गर्न सक्नु उनको सबल पक्ष हो । सुरुसुरुका केही शृंखलामा देखिएको स्लो पेसलाई सच्याएर उनी अगाडि बढिसकेका छन् ।

वीरेन स्टेज पफर्मेन्समा अगाडि छन् । आफ्नो स्क्रिप्ट निर्धक्क प्रस्तुत गर्न सक्ने क्षमता वीरेनमा छ । उनी सामान्य विषयलाई पनि स्टेजमा पुगेपछि कन्भिन्स गर्ने गरी प्रस्तुत गर्न सक्ने क्षमता राख्ने निर्देशक भण्डारी बताउँछन् ।

टप ६ मध्येका अर्का प्रतिस्पर्धी हुन्, सन्देश सुवेदी । डार्क ह्युमरमा समकालीन प्रतिस्पर्धीभन्दा उनी निकै अगाडि छन् । उनले के भने भनेर बुझ्न केही समय लाग्ने तर चोटिलो प्रहार गर्न माहिर रहेका भण्डारी सुनाउँछन् ।

अर्का प्रतिस्पर्धी सुनील आमदर्शकको ध्यान खिच्ने कमेडी गर्ने र राइटिङमा पनि उत्तिकै अब्बल रहेको भण्डारीको भनाइ छ । सबैको आ–आफ्नै विशेषता छ । त्यसैले नै टप ६ सम्मको यात्रा सम्भव भएको हो ।

यो सिजनमा १२ वर्षीया सुयशाले दर्शकको ध्यान खिचिरहेकी छन् । सानो उमेरमै उनले आजसम्म दिएका प्रस्तुतिको तारिफ भइरहेको छ । ‘कमेडी च्याम्पियन’मा भाग लिँदा सुयशालाई टप ६ सम्म पुग्छु भन्ने लागेको थिएन । उनका बुवा सन्तोषले त झन सोचेका पनि थिएनन् । “सानो उमेरको बच्चा हो । कमेडी रियालिटी शोमा १२ वर्षको बच्चा आजसम्म कोही आएको थिएन । त्यसैले सानो उमेरको बच्चाको सहभागिताको इतिहास हुन्छ भन्ने लोभ मात्र थियो,” सन्तोष भन्छन् ।

सुयशा ललितपुरको एलए स्कुलमा कक्षा–७ मा पढ्छिन् । तर, टेलिभिजनको पर्दामा देखिने उनको लोभ अझ सानैदेखि थियो । “म पनि टेलिभिजनमा काम गर्थेँ । त्यसैले उनी चार वर्षको हुँदादेखि नै म अफिस हिँड्ने बेलामा तपाईंजस्तै म पनि टीभीमा देखिन्छु, मलाई लैजानु भन्थिन्,” सन्तोष भन्छन्, “टेलिभिजनमा देखिने उनको रहर थियो । त्यसैले दाइदिदीबाट केही सिक्छिन् भन्ने थियो । एकदुईवटा शृंखला त हो भनेर सहभागी भएका थियौँ ।”

प्रस्तुतिका निम्ति स्क्रिप्ट कम्तीमा ७०० देखि ८०० शब्दसम्मको हुन्छ । त्यो दुई दिनमा रिडिङदेखि रिहर्सलसम्म गरिसक्नुपर्छ । अरू प्रतिस्पर्धीजस्तै दुई दिनमै सुयशा पनि सबै तयारी सकाउँछिन् ।

१२ वर्षको उमेर भएकाले सुयशाले सिक्न र बुझ्न धेरै बाँकी छ । यसका लागि उनीसँग उमेर पनि छ । त्यसैले प्रोडक्सनले विषय दिएपछि सन्तोष छोरीका निम्ति आफैँ स्क्रिप्ट लेख्न बस्छन् । “मसँगै छोरी पनि स्क्रिप्ट लेख्न बस्छिन् । विषयबारे कतिपय कुरा आफैँ पनि खोज्छिन्,” उनी अगाडि थप्छन्, “मैले लेख्दा मेरो बुझाइ र एंगल हुने भएकाले छोरीलाई सुहाउँदैन भनेर उसको एंगलबाट लेख्छु । कति जोकमा उसकै एंगल र जोक्स पनि हुन्छ ।”

सानदैखि कमेडीप्रति रुचि भएकाले सुयशाले पनि कतिपय जोक लेख्ने गरेको उनी सुनाउँछन् । “जोकको फिनिसिङ म गर्छु । तर, उनी आफैँ पनि धेरै लेख्छिन्,” सन्तोष अगाडि थप्छन्, “धेरै त छोरी र म बसेर सल्लाह गरेर नै लेख्ने हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu