site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् कटौतीप्रति सांसदहरूको आपत्ति
फाइल तस्बिर

काठमाडौं । देशका विभिन्न सहरहरूमा विद्युत् कटौती हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले तराई मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत् आपूर्ति कटौती गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । 

सत्तारुढ नेकपा (एमाले)की सांसद दीपा शर्माले ४४/५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगञ्जमा अघोषित रूपमा विद्युत कटौती हुने गरेको भन्दै आपत्ति जनाइन् । उनले जनतालाई गर्मीबाट राहत दिन पनि विद्युत् आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गरिन् । 

“नेपाल लोडसेडिङमुक्त देश भयो । तर, कुनै बेला दैनिक ६ घण्टा विद्युत् उपयोग गर्न पाएका देशभरका उपभोक्ता नागरिकहरू देश लोडसेडिङमुक्त भएसँगै उज्यालोमा रम्न पाए । तर, बिडम्बना बाँकेलगायत कर्णाली प्रदेशका जनताले भने लोडसेडिङमुक्त भएको अनुभूति गर्न पाएका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकालगायत बाँके जिल्लाभरि नै विद्युत् आपूर्ति अनियमित भएका कारण ४४/४५ डिग्रीको तापक्रममा बाँकेवासीको जनजीवन असामान्य र कठिन बनेको छ । घोषित होइन, अघोषित लोडसेडिङका कारण अस्पताल, उद्योगधन्दा विद्यालय, सञ्चारका सबै माध्यमहरू र सबै कार्यालयहरूलाई काम गर्न कठिन भएको छ । यथाशीघ्र यो असामान्य र कठिन अवस्थालाई सामान्य र सहज बनाउन विद्युत् आपूर्ति नियमित र पर्याप्त उपलब्ध गराउन र त्यसको व्यवस्थापन गरी विद्युत् कटौती नगर्न दीर्घकालीन समस्या समाधान गर्न म सरकारसँग ध्यानाकर्षण गराउन चाहन्छु,” सांसद शर्माले भनिन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत् कटौती नगर्न सरकारलाई आग्रह गरे । उनले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत् आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । 

“नेपाल विद्युत् प्राधिकरणले व्यापक रूपमा विद्युत कटौती गरी राखेको छ । त्यसकारण तराई मधेसमा व्यापक रूपमा गर्मीको महसुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत् कटौती नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रूपमा भएको छ । यसको नियन्त्रण हुनुपर्‍यो,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro