site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संयुक्त सरकार सञ्चालनको विधिअनुसार बजेट ल्याइएन : दाहाल

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले संयुक्त सरकार सञ्चालनको विधिअनुसार बजेट निर्माण नगरिएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

नीति तथा कार्यक्रम र बजेट तयार गर्दा सरकारमा सामेल राजनीतिक दलका नेताहरूसँग छलफल गरिनुपर्ने भए पनि त्यो हुन नसकेको उनले उल्लेख गरे । उनले नीति तथा कार्यक्रमको आधार बजेटमा छ कि छैन ? भन्दै प्रश्न समेत गरे ।

संयुक्त सरकार बनाउँदाका न्यूनतम नीति वा प्राथमिकताका साझा संकल्पमा टेकेर बजेट ल्याइएको छ कि छैन ? भन्ने उनको थप प्रश्न थियो । उनले शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी बजेट ल्याउन आवश्यक रहेकामा जोड दिए ।

“...नीति तथा कार्यक्रमको आधार बजेटमा छ कि छैन ? यो बजेट संयुक्त सरकार बन्दा न्यूनतम नीति वा प्राथमिकताका साझा संकल्प, त्यसले जे संकल्प बोकेको थियो वा त्यसलाई हेरेर ल्याउनुपर्ने, त्यो हेरेर ल्याएको छ कि छैन ? यसले प्राथमिकता पाएको छ कि छैन ?,” उनले प्रश्न गरे ।

उनले थप प्रश्न गरे, “१६औँ पञ्चवर्षीय योजनाका लक्ष्य हासिल गर्न ध्यान दिइएको छ कि छैन ? शिथिल भएको अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा कार्यक्रम आउनुपर्ने हो ।”

उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’को नाराका आधारमा बजेट ल्याइएको भन्दै सही विषय समावेश गरिएको पनि बताए । कृषि क्षेत्रको रूपान्तरणको विषय पहिलो प्राथमिकता पर्नु राम्रो भएको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro