site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तर कोरियाबाट फोहोर भरिएका थप ६०० बेलुन दक्षिणतर्फ पठाइयो 
तस्बिर : रोयटर्स ।

सियोल । उत्तर कोरियाले फोहोरले भरिएका करिब ६०० बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार जनाएको छ । सुरक्षाकर्मीले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेका उक्त फोहोरका बेलुन संकलन गरिरहेका छन् ।

“उत्तर कोरियाले शनिबार साँझ ८ बजेदेखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो,” सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएफ)ले एक विज्ञप्तिमा भनेको छ ।

आइतबार बिहान करिब १० बजेसम्म प्रतिघण्टा लगभग २० देखि ५० का दरले ६०० बेलुन हावामा उडिरहेका पहिचान गरिएको थियो ।

बेलुनहरू राजधानी सियोल र ग्योन्गीछेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन् । यो सामूहिक रूपमा दक्षिणको लगभग आधा जनसंख्या बसोबास गर्ने क्षेत्र हो ।

उत्तर कोरियाले यस हप्ताको सुरुदेखि फोहोर बोकेका सयौँ बेलुन दक्षिणतर्फ पठाउन थालेको हो । सियोलले प्योङयाङको उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको छ ।

“हाम्रो सेनाले बेलुन छोडिएका स्थानहरूबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै खसेका बेलुनहरू संकलन गर्दै छ,” विज्ञप्तिमा उल्लेख छ ।

उत्तर कोरियाले मंगलबारदेखि फोहोर भरिएका करिब ९०० बेलुन दक्षिणतर्फ पठाएकामा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसीएफले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro