site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहमतिबाटै नेतृत्व चयनको प्रयत्न गर्छौँ : खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

महाधिवेशनबाट दस्ताबेज पारित गरिनुका साथै सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने उनले उल्लेख गरे । त्यसलाई रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाइने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“...महाधिवेशनले दस्ताबेजहरू पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौँ । त्यो सहमतिपूर्ण नेतृत्व निर्माणका लागि हामी छलफल गर्दै छौँ, गर्छौँ र अन्तिमसम्म गर्नेछौँ,” उनले भने, “यो महाधिवेशन रूपान्तरणकारी महाधिवेशनका रूपमा अघि बढाउनेछौँ ।”

उनले अहिले देशमा महँगी, भ्रष्टाचार र युवा विदेश पलायनको विकराल अवस्था रहेको बताए । पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी, सामाजिक, आर्थिक व्यवस्थामा रूपान्तरण गर्ने विन्दुसम्मको कार्यक्रम महाधिवेशनबाट पारित गरिने उनले जानकारी दिए ।

सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउने जिकिर गरे । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro