site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डा. महतको टिप्पणी– बजेटले तितो औषधि खान तयार भएन

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बजेटले ‘तितो औषधि खान तयार’ नभएको बताएका छन् । ‘पपुलिज्म’को पछाडि लागेर पार्टीको समर्थन, शुभचिन्तक खुसी पार्ने प्रयास अहिलेको बजेटले गरेको उनले टिप्पणी गरे । उनले आमजनतालाई प्राथमिकतामा राखेर खर्च गर्ने बाटोमा बजेट हिँड्न नसकेको बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उनले फूलबुट्टा भरेर केही नहुने उल्लेख गरे । उनले भने, “यो बजेटले तितो औषधि खान खोजेन, सहज बाटो हिँड्न खोजेको छ ।”

डा. महतले अहिलेको बजेट दिशाउन्मुख नभएको बताए । बजेटले कंक्रिट सुधारको ‘स्टेप’ समात्न नसकेको पनि उनले बताए । बेथिति अन्त्य गर्ने ‘रोडम्याप’ बनाउन आफू मन्त्री हुँदा लागे पनि, त्यो आशामा आफू रहे पनि अहिले अवस्था फरक रहेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

भारत र बंगलादेशभन्दा राम्रो जीडीपी रेसियोको तुलनामा बजेट ज्यादा बाँडे पनि प्रतिफल नभएको उनले बताए । “लगानी ठिक ठाउँमा गरेका छैनौँ । ठूलो साधारण खर्च छ, सामाजिक खर्च छ । पुँजीगत खर्च कम छ र गरिरहेको पनि ठिक ठाउँमा छैन, प्राथमिकतामा परेको छैन । कनिका छरेका जस्तो छ । जसको कारणल प्रतिफल आएको छैन,” उनले भने ।

सरकारी ऋणको भार ४२.९ प्रतिशत पुगेको उनले उल्लेख गरे । निजी क्षेत्रले लिएको ऋण पनि २,४२२ अर्बबाट ४,१७२ अर्ब पुगेको उनले बताए । उनले उपत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्दा प्रतिफल आउन नसकेको पनि उल्लेख गरे । 

“यसले रोजगारी पनि सिर्जना हुँदैन, उत्पादन पनि बढ्दैन । भनेर मात्रै उत्पादन बढ्दैन, रोजगारी सिर्जना हुँदैन । यसका लागि ठिक आर्थिक व्यवस्थापन गर्नुपर्छ, ठिक बाटो हिँड्नुपर्छ,” उनले भने ।

बढाउनका निम्ति मात्र बजेटको आकार बढाइएको उनले टिप्पणी गरे । समस्या नै त्यही भएको उनको भनाइ छ ।

१८ अर्ब ६० अर्ब रुपैयाँ बजेट पुर्‍याउन ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय सुहाउँदो नभएको उनले बताए । “यसै त ऋणको भार त्यसै बढेको छ, अन्य देशले ऋण लिएर उत्पादन गरेर तिर्छन्, हामी त गलत ठाउँमा ऋण लिएर वितरण गर्ने । हाम्रो उत्पादन हुँदैन, राजस्व बढ्दैन । यसको परिणाम के हुने भयो ? यो ऋण हामीलाई बोझ हुने भयो,” उनले भने ।

९९ अर्ब ऋण सरकारले लिएपछि निजी क्षेत्रले बैंकबाट कसरी ऋण लिन सक्छन् ? कहाँबाट ऋण लिन्छन् भन्ने उनको प्रश्न थियो । “यसरी त ब्याजदर बढ्छ, यहाँ अर्को समस्या हुन्छ,” महतले भने ।

अर्थमन्त्री रिस साँधेर नुवाकोटको गंगटे सडकको स्रोत निश्चित भएर प्राविधिक टुंगो लगाइसकेको बजेट समेत रोकिदिएको भन्दै उनले आक्रोश पोखे । टोखा–छहरे सुरुङमार्गमा पनि मौनता साँधेर बजेट नदिएको उनले आरोप लगाए । “म हिँड्ने बाटो हो ? मैले एक्लै हिँड्ने बाटो हो ? एमाले, माओवादी हिँड्दैन ?,” उनले थपे ।

सम्पूर्ण रकम अर्थ, सहरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केन्द्रित गरिएको, कानुन मन्त्रालयमा न्याय निरूपण गर्न नसक्ने गरी ७७ करोडबाट ५४ करोड रुपैयाँमा बजेट झारिएको भन्दै उनले आपत्ति जनाए ।

“मुखले भन्दैमा करिडोर हुन्छ ? भन्दिदैमा उद्योग बन्छ ? खै पैसा ? हाइ साउन्डिङ शब्द र फ्रेज राखेर मात्रै केही हुँदैन,” उनले भने, “हामी कन्टेटमा जाँदै जाँदैनौँ । जाँदाखेरि खोक्रो । हाम्रो लगानीलाई उत्पादनमुखीभन्दा पनि वितरणमुखी बनाउँदै छौँ ।”

प्रधानमन्त्री रोजगार कार्यक्रमका निम्ति छुट्ट्याइएको रकम ‘फ्लप’ भएको भन्दै उनले काट्न नसकेको बताए । अनावश्यक खर्च कम गर्ने काम नभएको उनको भनाइ छ ।

विदेशमा पठाउन बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको भन्दै त्यो ऋण तिर्छन् भन्ने के ग्यारेन्टी छ भन्ने उनले प्रश्न गरे । “यहाँ स्किल्ड मेनपावर कम छ । इन्डियाबाट ल्याउनुपर्छ । यहीँ रोजगारी दिनु छैन,” उनले थपे, “हामीले विदेश जान प्रोमोट गर्ने हो ? कि यहीँ रोजगारी सिर्जना गर्ने हो ? कति पठाउने हो विदेशमा मानिस ?”

स्याउ, प्याज र आलुमा लगाइएको भ्याट हटाएर के गर्न खोजेको भन्दै उनले प्रश्न गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro