site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारका अन्तर निकायबीच समन्वय नहुँदा बेथितिले सीमा नाघ्यो : गणेश पराजुली
फाइल तस्बिर ।

काठमाडौं । सत्तासझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारका अन्तर निकायबीच समन्वय नहुँदा बेथितिले सीमा नाघेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा सांसद पराजुलीले सरकारका सम्बन्धित निकायबीच समन्वय नहुँदा ठूला दुर्घटना हुने र धेरै नागरिकले ज्यान गुमाउने अवस्था रहेको बताए ।

उनले कालोपत्रे र ढलान गरिएका सडकका बीचमा विद्युत् र टेलिकमका खम्बाले बाटो अवरोध हुँदा राजधानीबासीले सास्ती खेपिरहेको पनि बताए ।

“लाजमर्दो विषय त मेरो निर्वाचन क्षेत्रको ढुंगेधारास्थित ११ हजार भोल्टको मेन लाइनको खम्बा मोनोपोल राखेर व्यवस्थित नगर्दा सर्भिस ट्रयाक बन्न नसकेको के कुरा गर्नु ? त्यो भन्दा पनि डरलाग्दो अवस्था त्रिशूली–काठमाडौं ६६ हजार भोल्टको प्रसारण लाइनको तार वनस्थली सबस्टेसन खण्डमा झोलिएर नागरिकका घर टहरामा छुनु र केही घटनामा जनताले ज्यान गुमाउनु सामान्यजस्तो भइसक्यो । लाग्छ, सम्बन्धित निकाय निकै ठूलो दुर्घटना र धेरै नागरिकले ज्यान गुमाएको अवस्था हेर्नका लागि प्रतीक्षा गरिरहेको छ‚” उनले भने । 

उनले चक्रपथ विस्तारको काम अवरुद्ध भएको विषयमा पनि प्रश्न उठाए । “छिमेकी राष्ट्र चीनको सहयोगमा विस्तार गरिने भनेको चक्रपथको दोस्रो खण्ड लथालिङ्ग र अस्तव्यस्त बनाएर छोडेको विषय म यस सम्मानित सदनमा बारम्बार उठाएर सदनको महत्त्वपूर्ण समय बर्बाद गर्न चाहन्न । तर दुई छिमेकी राष्ट्रबीचको सुमधुर सम्बन्धमाथि इर्स्या गर्ने खराब तत्त्वले पो कतै भूमिका खेलेको हो कि ? वा सरकार स्वयंले छिमेकी राष्ट्रसँग अर्थपूर्ण संवाद गर्नमा चुकेको हो ? जनतामा यो संशय पैदा भएको विषयको ध्यानाकर्षण गराउन चाहन्छु ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro