site stats
बाह्रखरी :: Baahrakhari
खेल
ट्वान्टी–२० विश्वकप आजदेखि, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुने खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्ने भएको छ । 

Argakhachi Cement Island Ad

खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको निम्तो दिएको हो ।

प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्