site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपीमा बढुवाका लागि चार डीएसपीको नाम सिफारिस

काठमाडौं । नेपाल प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा प्रहरी नायव उपरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । 

प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन् । 
441877891_442680448485115_4112142419631223712_n-1717209392.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्