site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेललाई अप्ठेरो पार्दै सरकार : किस्ता सुविधा दिएन, ३ अर्ब जरिबाना थपिदियो !
SkywellSkywell

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क किस्तामा तिर्ने व्यवस्था गरिदिन भन्दै दोस्रो पत्राचार गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कानुनअनुसार शुल्क बुझाएपछि मात्रै नवीकरण हुनसक्ने भन्दै दोस्रो पत्र पनि अस्वीकार गरेको छ ।

एनसेलले कानुन अनुसार तीन महिनाअघि २० अर्ब शुल्क नतिर्दा उसले नवीकरण गराउन अब थप ३ अर्ब रुपैयाँ जरिबाना तिर्नुपर्ने भएको छ । यसले एउटा निजी क्षेत्रको कम्पनीलाई सरकारले दिएको दुःख भएको विज्ञहरुको टिप्पणी छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार एनसेलले २०६१ सालको भदौ १६ गते जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स (अनुमतिपत्र) पाएको थियो । उक्त लाइसेन्सको अवधि २५ वर्ष हुन्छ । तर, पहिलो पटक १० वर्षका लागि मात्रै लाइसेन्स पाउने व्यवस्था ऐनमा छ । त्यसपछि हरेक पाँच वर्षमा २० अर्ब रुपैयाँ शुल्क तिरेर नवीकरण गर्नुपर्छ ।

Dabur Nepal
NIC Asia

यसपटक एनसेलले तेस्रो अथवा अन्तिम पटकका लागि लाइसेन्स नवीकरण गर्दैछ । पाँच वर्षपछि एनसेलको लाइसेन्स अवधि सकिँदैछ ।  त्यसपछि एनसेलको सम्पूर्ण सम्पत्ति सरकारको मातहतमा आउने गरी कानुन संशोधन गर्न छानबिन समितिले सिफारिस गरिसकेको छ ।

त्यति हुँदा पनि सरकारले दुःख दिने मनसायका साथ एनसेललाई अप्ठेरो पारेको  विज्ञको धारणा छ । २०८६ सालमा लाइसेन्स अवधि सकिएपछि सरकारी स्वामित्वमा आउने सर्त अहिले नै मञ्जुर गरेमा किस्ता सुविधा दिन सकिने सर्त पनि सरकारले अघि सारेको स्रोत बताउँछ ।

एनसेलले नवीकरणका लागि तिर्नुपर्ने २० अर्ब रुपैयाँ शुल्क किस्तामा तिर्न पाउने व्यवस्था माग गरेको छ । पछिल्लो समय व्यापारमा आएको गिरावट, नाफा कम भएको हुनाले यसअघिजस्तै किस्तामा शुल्क बुझाउन तयार रहेको भन्दै एनसेलले नवीकरणका लागि निवेदन दिएको छ ।

कानुन अनुसार नवीकरण अवधि समाप्त हुनुभन्दा तीन महिनाअघि शुल्क र निवेदन तिर्नुपर्छ ।  सोही अनुसार एनसेलले आउँदो भदौ १५ भन्दा तीन महिनाअघि जेठ १४ मै प्राधिकरणलाई पत्र पठाएको थियो । सोही दिन कम्पनीले ४ अर्ब रुपैयाँ प्राधिकरणको खातामा पठाएको थियो ।

प्राधिकरणको कानुन तथा अनुमतिपत्र महाशाखाका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले एनसेलले अब २३ अर्ब तिर्नुपर्ने भएको बताए ।

“उसले समयमै २० अर्ब शुल्क नबुझाएपछि अब कानुन अनुसार थप ३ अर्ब जरिबाना बढेको छ, २३ अर्ब तिर्नुपर्ने भएको छ,” एनसेलले किस्ताको माग गरे पनि प्राधिकरणले त्यस्तो व्यवस्था गर्न नसक्ने प्रवक्ता पौडेलले भने, “हामीले कानुनमा जे छ त्यो अनुसार गर्ने हो । बाँकी सरकारले केही निर्णय ग¥यो भने फरक कुरा हो ।”

एनसेलले दोस्रो पटक जेठ १६ मा किस्तामा शुल्क तिर्ने व्यवस्था गरिदिन माग गरेको उनले बताए । प्राधिकरणले त्यसो गर्न नसक्ने भन्दै सबै शुल्क बुझाउन पत्राचार गरिरहेको उनले बताए ।

अब के हुन्छ ?

यसअघि सरकारले सरकारी कम्पनी नेपाल टेलिकम र एनसेल दुवैका लागि किस्तामा नवीकरण शुल्क तिर्न पाउने व्यवस्था गरेको थियो । टेलिकमले त नवीकरण शुल्क गत वैशाखमा लाइसेन्सको २५ वर्षे अवधि सकिनै लाग्दा तिरेको थियो ।

एनसेलले ५ वर्षको लाइसेन्स अवधिमा हरेक वर्ष ४ अर्ब तिर्नेगरी व्यवस्था गरिदिन माग गरेको छ । यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले कुनै कदम चालेको छैन ।  मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले प्राधिकरणले नै हेर्ने भएकाले मन्त्रालयले अहिले केही नगरेको बताए ।

यो विषयमा मन्त्रिपरिषद्मा लैजानेतर्फ पनि काम भएको छैन । एनसेलको विषयमा के गर्ने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने कुनै तयारी नरहेको सञ्चारमन्त्री रेखा शर्मा निकट स्रोतले जनाएको छ ।

“अहिलेसम्म प्राधिकरणले नै हेरिरहेको छ । राजनीतिक रुपमा यो विषयमा अघि बढेको छैन, मन्त्रिपरिषद्मा लैजाने भन्ने वा मन्त्रीज्यूबाट त्यस्तो केही कुरा आएको छैन,” स्रोतले भन्यो ।

दूरसञ्चार ऐनअनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी रहेको कम्पनी २५ वर्षपछि सरकारी स्वामित्वमा आउँछ । सेयर खरिद बिक्री भएको विषयमा समिति बनाएर छानबिन नै गरेपछि सरकारले एनसेलको स्वामित्व ‘ग्यारेन्टी’ गर्न यो अन्तिम पटकको नवीकरणमा पूर्वसर्त नै राखेको छ ।

विगतका चार–पाँच वर्षयता आम्दानी घट्दै गएर टेलिकम क्षेत्र संकटतर्फ गइरहेका बेला एकैपटक ठूलो रकम तिर्न नसक्ने भन्दै एनसेलले किस्ताको व्यवस्था गर्न माग गरेको हो । एनसेल मात्रै हैन सरकारी कम्पनी नेपाल टेलिकमको आम्दानी समेत घट्दो छ ।

अब सरकारले एनसेलका विषयमा कुनै निर्णय नगरे जरिबानासहित २३ अर्ब तिरेर भदौ १५ भित्र नवीकरण गर्नुपर्नेछ, अन्यथा कम्पनीको लाइसेन्स खारेज हुनेछ । नवस्करण गर्न जुनबाटो पाएपनि पाँच वर्षपछि सरकारी स्वामित्वमा जाने पूर्वसर्त पनि एनसेलले मान्नुपर्ने प्राधिकरण स्रोतको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu